दिपेन्द्र सिंह ऐरीको आइसीसी बरियतामा छलाङ, आइसीसीले बनायो कभर स्टोरी

डिसी नेपाल
५ वैशाख २०८१ १४:५४

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरका ६ बलमा ६ छक्का हानेर दुर्लभ इतिहास रचेका नेपाली अलराउण्डर दिपेन्द्रसिंह ऐरीले आइसीसी बरियतामा छलाङ मारेका छन् ।

आइसीसीको पछिल्लो बरियतामा दिपेन्द्रले १४ स्थानको छलाङ मार्दै टि–२० अलराउण्डरतर्फ ११ औं स्थानमा आइपुगेका छन् । बरियता सार्वजनिक भएको दिन बुधबार आइसीसीले आफ्नो वेबसाइटमा दिपेन्द्रको छलाङलाई कभर स्टोरी बनाएको छ ।

आइसीसीले आफ्नो समाचारमा ऐरी शीर्ष १० को नजिकै पुगेको उल्लेख गरेको छ । ऐरीले टि–२० ब्याटरतर्फ पनि १६ स्थान सुधार गर्दै ६१ औं स्थानमा उक्लिएका छन् ।

ऐरीसँगै नेपालका आसिफ शेख पनि ३६ स्थान सुधार गर्दै ब्याटरतर्फको बरियतामा ७५ औं स्थानमा उक्लिएका छन् । कुशल मल्ल पनि अलराउण्डरतर्फ ५ स्थान सुधार गर्दै २७ औं स्थानमा उक्लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *