सेतो मच्छिन्द्रनाथ जात्राको दोस्रो दिन: असनदेखि हनुमानढोकासम्म रथ तानियो (फोटो फिचर)
काठमाडौँ। काठमाडौंमा सेतो मच्छिन्द्रनाथको जात्रा भइरहेको छ। बुधबार दोस्रो दिन थियो। चार दिनसम्म चल्ने रथजात्रामा ‘जनबाहा द्यो’ अर्थात् वर्षाको दिव्य शक्ति सेतो मछिन्द्रनाथको पूजा गरिन्छ।

जात्राको दोस्रो दिन असन चोकबाट बालकुमारी, केलटोल, इन्द्रचोक, माखनसम्म रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिको अगाडि राखिएको थियो। जात्राको दोस्रो दिन असोन चोकबाट बालकुमारी, केलटोल, इन्द्रचोक, माखनसम्म रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिको अगाडि राखिएको थियो।

रथयात्रामा विभिन्न समूहका युवा संगीतकारहरुले परम्परागत नेवारी संगीत बजाएका थिए। रथमा राखिएको सेतो मच्छिन्द्रनाथ देवताको दर्शन गर्न भक्तजनहरुको भीड लागेको थियो।

तेस्रो दिन मरु र चिकन मुगल हुँदै लगनसम्म रथयात्रा जारी रहनेछ। अन्तिम दिन, विशेष पूजा पछि, देवतालाई जनबहालमा लगेर सेतो मच्छिन्द्रनाथ मन्दिरमा पुनर्स्थापना गरिन्छ।

जात्राको अन्तिम दिन जाडोको पूर्ण अन्त्य र वसन्त ऋतुको प्रारम्भ हुने जनविश्वास छ। जात्रा पछि रथ भत्काइन्छ, र यसको पुनर्निर्माण प्रक्रिया अर्को चैते दशैं पर्वको दश दिन अघि सुरु हुन्छ।






No ads found for this position


Facebook Comment