एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई
काठमाडौं। नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्द्वी युएईसँग खेल्ने भएको छ।
बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो। नेपाल समुह ए मा अपराजित रहँदै समुह विजेता बनेको छ।
त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ। ओमान समुह बी मा समुह विजेता बनेको छ। ओमानले समुह चरणका चारै खेल जितेर अपराजित रहदै समुह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समुह बी को उपविजेता बनेको छ।
अब सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment