गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो।
गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।
यस अघि गुजरातले १७.३ ओभरमा अल आउट हुँदै केवल ८९ रन बनाएको थियो। यो यस सिजनको आइपिएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो।
यो जितपछि दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ। दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक रहेको छ। त्यसैगरी गुजरातको पनि ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक नै छ र अंक तालिकामा सातौं स्थानमा रहेको छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment