कारमा आफ्नै विद्यार्थीसँग आपत्तिजनक अवस्थामा भेटिइन् शिक्षिका, २० वर्ष जेल हुन सक्ने

डिसी नेपाल
६ वैशाख २०८१ १५:२३

काठमाडौं । अमेरिकाको नेब्रास्का राज्यमा १७ वर्षीय विद्यार्थीसँग कारमा यौन सम्पर्क गरेको आरोपमा एक महिला शिक्षिका पक्राउ परेकी छन् । ती शिक्षिकाका श्रीमान् अमेरिकी रक्षा विभागमा उच्च अधिकारी हुन्।

नेब्रास्कामा सहमतिको उमेर १६ वर्ष भए पनि महिला शिक्षिकाविरुद्ध गुण्डागर्दीको मुद्दा दायर भएको छ । यस मामलामा उनलाई २० वर्षसम्मको सजाय हुन सक्छ।

१७ वर्षीय विद्यार्थीसँग कारमा नग्न अवस्थामा फेला परेकी महिला शिक्षिकाको नाम इरिन वार्ड (४७) हो । उनले घटनास्थलबाट भाग्ने प्रयास पनि गरिन् तर कार दुर्घटनामा पर्यो र विद्यार्थी अन्डरवियर लगाएर भागे ।

बिहान करिब ३ बजे सडकमा शंकास्पद कार पार्किङ गरेको सूचना प्रहरीले पाएको थियो । न्यूयोर्क पोस्टका अनुसार, उनीहरूले होन्डा सेडानको पछाडिको सिटमा ४५ वर्षीय एरिन वार्ड र १७ वर्षीय किशोरलाई भेटे।

कोशोर नग्न थिए । प्रहरी पुगेपछि किशोर अगाडिको सिटमा आएर कार चलाए तर केही दूरीमा कार ठिक्किएपछि उनी पैदलै भागे । एक घण्टाभित्रै प्रहरीले उनलाई अन्डरवियर र टी–सर्टमा समात्यो । दुवैलाई सामान्य चोटपटक लागेपछि अस्पताल भर्ना गरिएको छ ।

महिला शिक्षिकाले छात्रसँग यौनसम्बन्ध राखेको स्वीकार गरेको र ओमाहा पब्लिक स्कुलको परिचयपत्र पनि भेटिएको बताइएको छ । यसका अलावा महिलाले अन्य धेरै विद्यालयमा पनि पढाएकी थिइन् । किशोर विद्यार्थी भएको खुलेको छ ।

शिक्षिका र विद्यार्थी भेटिएको कार उनको श्रीमान्को हो, जो रक्षा विभागका उच्च अमेरिकी अधिकारी हुन्। अभियुक्त महिला शिक्षिकाका पति विलियम डगलस (५३) अमेरिकाको रणनीतिक कमाण्डमा उपनिर्देशक र वरिष्ठ सल्लाहकार हुन्।

डेली मेलका अनुसार उनले एक छात्रसँग यौन सम्बन्ध राखेको आरोप लगाएका छन् । उनी आफ्नी श्रीमती र तीन छोराछोरीसँग नेब्रास्काको सहर ग्रेट्नामा बस्छन् । छोराछोरीमध्ये एक यस केसमा संलग्न विद्यार्थीको उमेरका छन् ।

डेली मेलको रिपोर्ट अनुसार अमेरिकी राज्य नेब्रास्कामा सेक्सका लागि सहमतिको उमेर १६ वर्ष मात्रै रहेको छ । तर महिला शिक्षिकाले गुण्डागर्दीको आरोपको सामना गर्नुपर्नेछ, जसमा उनलाई २० वर्षसम्म जेल सजाय हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *