सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते

डिसी नेपाल
७ वैशाख २०८१ ९:१५

सिन्धुपाल्चोक। जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *