आइपिएलमा मुम्बईले पञ्जावलाई हरायो

डिसी नेपाल
७ वैशाख २०८१ ९:२५

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ९ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको १९३ रनको लक्ष्य पछाएको पञ्जावले १९।१ ओभरमा अल आउट हुदै १८३ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

जारी आइपिएलमा मुम्बईको यो तेस्रो जित हो । ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बटुलेको मुम्बई अंकतालिकामा सातौ स्थानमा रहेको छ । त्यस्तै पञ्जाव किंग्सले भने पाँचौं हार बेहोरेको छ । ७ खेलमा २ जित र ५ हारसहित पञ्जावको ४ अंक रहेको छ र नवौं स्थानमा छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *