हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
काठमाडौं। आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ।
गएराती सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरीवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ।
कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन्। अब हार्दिकले फेरी यो गल्ति दोहोराएमा उनलाई यस भन्दा ठुलो जरीवाना हुने बोर्डले जनाएको छ।
यस सीजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment