एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएइविरुद्ध पहिले ब्याटिङ गर्ने

डिसी नेपाल
७ वैशाख २०८१ ११:३२

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएइविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । युएइले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

१० देश सहभागी प्रतियोगिताको सेमिफाइनलमा अब ४ देश बाँकी छन् । पहिलो सेमिफाइनल अहिले पौने १२ बजे सुरु हुँदैछ जसमा नेपाल र युएइ भिड्दैछन् ।

दोस्रो सेमिफाइनल आजै सवा ४ बजे सुरु हुनेछ । जसमा आयोजक ओमान र हङकङ भिड्नेछन् । सेमिफाइनलका विजेताहरु आइतबार हुने फाइनलमा उपाधिका लागि भिड्नेछन् ।

यो प्रतियोगिताको उपाधि जित्ने टिमले २०२५ मा हुने एसिया कपमा सहभागी हुन पाउनेछ । एसिया कपमा एसीसीका स्थायी सदस्यहरु भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान छनोट नखेली पुग्छन् । छैटौं टिम प्रिमियर कप जितेर छनोट हुन्छ ।

नेपाल यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । यसअघि एकदिवसीय फरम्याटमा भएको प्रिमियर कप जितेर नेपाल एसिया कप खेलेको थियो । त्यतिबेला एसिया कप पनि एकदिवसीय थियो । अहिले प्रिमियर कप टि–२० फरम्याटमा भइरहेको छ र २०२५ को एसिया कप पनि टि–२० नै हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *