युएइविरुद्ध सन्दिप जोराको अर्धशतक

डिसी नेपाल
७ वैशाख २०८१ १२:५५

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाली ब्याटर सन्दिप जोराले अर्धशतक बनाएका छन् । युएइविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालको इनिङ धराशायी भइरहेका बेला सन्दिपले सम्हालिएर खेल्दै अर्धशतक बनाएका हुन् ।

सन्दिपले ३९ बलमा ४ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन् । सन्दिपले अर्धशतक बनाउँदासम्म नेपालको इनिङ निकै खराब छ । नेपालले ६ विकेट गुमाइसकेको छ । अर्धशतक हानेसँगै सन्दिप आउट भए । क्रिजमा गुलशन झा खेलिरहेका छन् । नेपालको स्कोर १४.२ ओभरमा ६ विकेटको क्षतिमा ७९ रन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *