स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
गल्याङ। स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ ।
बारीमा कोदोको बिउ राख्नलाई पात–पतिंगर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।
गुरुङको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment