एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने

काठमाडौं। एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमान र युएई खेल्ने भएका छन्। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।
हङकङले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यस अघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनाएको थियो।
यस अघि पहिलो सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।
फाइनल खेल आइतबार नेपाली समय अनुसार ४ः१५ बजेदेखि शुरु हुने छ। फाइनलको विजेताले २०२५ मा हुने टी–२० एशिया कप खेल्न पाउने छ। यस्तै तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन्। तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४ः१५ बजेदेखि हुने छ।
प्रतिक्रिया
Facebook Comment