धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते

डिसी नेपाल
८ वैशाख २०८१ १४:१३
84
Shares

धनकुटा। धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ ।

काठमाडौंबाट संखुवासभातर्फ जाँदै गरेको बा ५ ख ७२४ नं को माईक्रो बस राती २ः१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट(रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि १९ जना घाईते भएका छन्। उनीहरु सबैको उद्धार गरि  ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।  उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

घाईते मध्ये केहीको उपचार पछि डिस्चार्ज भईसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ। अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माईक्रो बस निकाल्ने प्रयास भईरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *