नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

डिसी नेपाल
८ वैशाख २०८१ १७:५९

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ।

ओमानमा जारी खेलमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। २९ बल खेलका उनले ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले २२ तथा कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए। हङकङका लागि आयुष शुक्लाले ३ विकेट लिए।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेलेको हो। यसअघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो।

तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ। एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *