फाष्ट फुड एसोसिएसन नेपालद्वारा ‘वर्तमान समयमा व्यवसायीहरुको चूनौति र समाधानको विषयमा प्रशिक्षण

डिसी नेपाल
८ वैशाख २०८१ २०:५४

काठमाडौं। फाष्ट फुड एसोसिएसन नेपालले नयाँ वर्ष २०८१ को क्यालेण्डर सार्वजनिक गरेको छ। आज काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल सरकारका पर्यटनमन्त्री हितबहादुर तामाङले उक्त क्यालेण्डरको सार्वजनिक गरेका हुन्।

सो क्रममा उनले सरकारले देश र जनताको पक्षमा काम गरेको बताए। उनले फाष्ट फुड व्यवसायमा लागेकाहरुलाई सफलताको शुभकामना पनि दिए। एसोसिएसनले वर्तमान समयमा व्यवसायीहरुको चूनौति र समाधानको विषयमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा क्याटरिङ एसोसिएसन नेपालका अध्यक्ष उत्तमप्रकाश शर्माले आफूहरुको व्यवसाय आतिथ्यता प्रदान गर्ने र सेवा दिने व्यवसाय भएकोले राज्यले प्रोत्साहन दिनुपर्नेमा जोड दिए।

तर, राज्यले आफूहरुलाई उचित सहयोग नभएको उनको गुनासो छ। आफूहरुले यस व्यवसायमार्फत रोजगारी सिर्जना गरेको पनि उनले सुनाए। व्यवसायमार्फत स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरेको भन्दै राज्यले आफूहरुलाई हेर्ने दृष्टिकोणमा सुधार होस भन्ने उनको सुझाव छ।

यस्तै, रेष्टुरेण्ट एण्ड बार एसोसिएसनका अध्यक्ष संघर्ष विष्टले सबै क्षेत्रका सरोकारवालाहरु एक ठाउँमा उभिएर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए। आफुहरुले देशको अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै आगामी दिनमा पनि सशक्त भूमिका निर्वाह गरिने उनको विश्वास छ। उनले भने, ‘हामी एक्लाएक्लै नलडौं। होटेल व्यवसायीहरु, रेष्टुरेण्ट व्यवसायीहरु सबै एकजुट हुनुपर्छ।’

यस्तै, होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले सरकारले घोषणा गरेबमोजिम निजामती कर्मचारीलाई आन्तरिक पर्यटनको विकासको लागि घुम्न पठाउन जोड दिएका छन्। निजामती कर्मचारीहरुसँगै सुरक्षा निकायलाई पनि आन्तरिक पर्यटनको विकासमा ध्यान दिन उनको आग्रह छ।

नेपाल उद्योग वाणिज्य महासंघका बाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले अहिले व्यवसायमा देखिएको समस्या समाधानको लागि सबै पेशा तथा व्यवसायमा आबद्ध सरोकारवालाहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *