भारतीय ट्राफिक प्रहरीलाई वातानुकूलित हेल्मेट
नयाँ दिल्ली। भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन्।
हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरुले बताएका छन्।
गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिने तयारी भएको हो।
हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्दछ। यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पूरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्छ।
भारतीय मौसम विज्ञान विभागले अप्रिलदेखि जुनसम्म देशले अत्यधिक गर्मीको सामना गर्नुपर्ने र मध्य र पश्चिमी प्रायद्वीपीय क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान यही महिनाको सुरुमा गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment