दक्षिण एसियाली कुराशमा नेपालले जित्यो २ स्वर्ण र ३ रजत

डिसी नेपाल
९ वैशाख २०८१ १२:४३

काठमाडौं। दक्षिण एसियाली कुराशमा नेपाललाई २ स्वर्ण र ३ रजत पदक जितेको छ।

भारतको केरेलामा बैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एसियाली कुराश प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ।

नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समुहमा र दिक्षा मगरले ४४ केजी समूहमा स्वर्ण पदक जितेका छन्। त्यसैगरी दिपिका अचाजुले ८७ केजी समूहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समूहमा र अर्जुन क्षेत्रीले ६० केजी समुहमा रजत पदक जितेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *