नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

डिसी नेपाल
९ वैशाख २०८१ १८:१६

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलको २३ करोड ७५ लाख बराबरको सम्पतिको स्रोत नदेखिएको भन्दै मुद्धा दायर गरेको छ । पौडेललाई अख्तियारले गत माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ ।

सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो । यस अघि गत असोजमा पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतले वैशाख २५ मा कसुर निर्धारण गर्न पेशी तोकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *