पञ्जावमाथि गुजरात ३ विकेटले विजयी

डिसी नेपाल
१० वैशाख २०८१ ७:०२

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले पंजाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो।

पञ्जावले दिएको १४३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो।

यो यस सिजनमा गुजरातको चौथो जित हो। ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ। त्यस्तै पञ्जावको भने यस सिजनमा यो छैटौं हार हो । ८ खेलमा २ जित मात्र हासिल गरेको पञ्जाव नवौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *