आइपिएलमा आज राजस्थान र मुम्बई भिड्दै

डिसी नेपाल
१० वैशाख २०८१ ७:०७
4
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुँदैछ।

आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ। राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ।

जारी आइपिएलमा राजस्थान रोयल्स ७ खेलमा ६ जित र एक हारसहित १२ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ। त्यसैगरी मुम्बई इण्डियन्सको यो सिजन भने औसत रहेको छ। अहिलेसम्म मुम्बईले ७ खेलमा ३ खेल जितेको छ भने ४ खेलमा हार व्यहोरेको छ।

राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ। राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो।

राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ।

त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ। त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *