रियल म्याड्रिडले जित्यो एल क्लासिको
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ। गएराति सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए।
त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए।
यो जितपछि रियल म्याड्रिडले बार्सिलोनामाथि आफ्नो अग्रता बढाएको छ। ३२ खेलमा ८१ अंक रहेको रियल म्याड्रिड बार्सिलोना भन्दा ११ अंकले अगाडि भएको छ। त्यस्तै बार्सिलोनाको ३२ खेलमा ७० अंक रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment