गिरफ्तारीबाट बच्न सर्वोच्च अदालत पुगिन् राखी सावन्त

डिसी नेपाल
१० वैशाख २०८१ १६:४४

काठमाडौं । ड्रामा क्वीन राखी सावन्त फेरि विवादमा परेकी छिन् । पूर्व पति आदिल खान दुर्रानीले आफ्नो अश्लील भिडियो लीक गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दायर गरेका थिए। अब राखीले यो मुद्दा सर्वोच्च अदालतमा लगेकी छिन् ।

उनले अग्रिम जमानतको माग गरेकी छिन् । राखीले बम्बई हाईकोर्टको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा याचिका दायर गरेकी छिन् । राखी सावन्तको याचिकामा सोमबार, अप्रिल २२ मा सुनुवाइ हुनेछ।

आदिल दुर्रानीले राखी सावन्तले आफ्ना केही व्यक्तिगत भिडियोहरू लीक गरेको आरोप लगाएका थिए । यस सम्बन्धमा उनले एफआईआर दर्ता गरेका थिए । यस मुद्दामा आफ्नो गिरफ्तारीबाट बच्न राखीले अग्रिम जमानतको लागि निवेदन दिएकी थिइन् । तर बम्बे हाईकोर्टले राखीको यो याचिका खारेज गरिदिएको थियो । अब सर्वोच्च अदालतले उनको पक्षमा फैसला गर्छ कि गर्दैन त्यो भने आज थाहा हुनेछ ।

प्रहरीका यी आरोपमा राखी सावन्तका वकिलले उनी धेरै रोगबाट पीडित रहेको तर्क गरेका छन् । उनको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । तर, उनी यस प्रकरणको अनुसन्धानमा सहयोग गर्न तयार भइन् । तर हिरासतमा राखेर सोधपुछको आवश्यकता थिएन ।

राखीले तल्लो अदालत र उच्च अदालतमा पनि उक्त भिडियो ५ वर्ष पुरानो भएको र निकै धमिलो भिडियो भएको तर्क गरिन् । उनले यो कम गुणस्तरको भएको र भिडियोमा केही नदेखिने बताइन् । अभियोजकले राखीको तर्कको जवाफ दिँदै उनको हिरासतमा सोधपुछ आवश्यक भएको दाबी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *