विराट कोहलीलाई म्याच फीको ५० प्रतिशत जरिवाना

डिसी नेपाल
१० वैशाख २०८१ १८:२७

काठमाडौं। आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठुलो जरीवाना लागेको छ। आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अम्पायरसँग विवाद गरेका कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले म्याच फीको ५० प्रतिशत जरिवाना गरेको छ। आइतबार इडेन गार्डेनमा भएको खेलमा कोलकोताले कोहलीको टिम बैंगलुरुलाई एक रनले पराजित गरेको थियो।

कोलकोता र बैंगलुरुबीचको खेलमा कोहलीलाई आउट भएको विषय विवादित बनेको थियो र कोहलीले तेस्रो अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउदै मैदानमा अम्पाएरसँग विवाद गरेका थिए। खेलको तेस्रो ओभरमा हर्षित रानाको बलमा कोहलीले आफ्नो विकेट गुमाए। कोहलीले रिभ्यु लिए तर अम्पायरले उनलाई आउट नै  घोषित गरे।

तेस्रो ओभर बलिङ गर्न आएका हर्षितले पहिलो बलमै अफ स्टम्पको कम्मरमा फुल टस बलिङ गरेर कोहलीलाई सरप्राइज गरेका थिए। कोहलीले तत्कालै रिभ्यु लिए। कोहलीले बल कम्मरभन्दा माथि आएको र त्यो नो बल भएको भन्दै रिभ्यु लिएका थिए। यद्यपि टिभी अम्पायरले हक आई सिस्टम प्रयोग गरे र कोहली क्रिजभन्दा बाहिर गएका कारण नियम अनुसार कोहली आउट रहेको निर्णय सुनाए तर तेस्रो अम्पायरको निर्णयबाट कोहली आक्रोशित हुन पुगेका थिए।

बोर्डले कोहलीले आईपीएलको आचार संहिताको धारा २.८ को लेभल–१ अपराध गरेको र आफूमाथि लागेको आरोप र म्याच रेफ्रीले लगाएको जरिवाना स्वीकार गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *