जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो।
मुम्बईले दिएको १८० रनको लक्ष्य पछाएको राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। राजस्थानको जितमा यशस्वी जैसवालले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सन्जु सामसनले अविजित ३८ रन बनाएका थिए।
यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो। मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६५ रन बनाएका थिए। त्यस्तै राजस्थानका बलर सन्दीप शर्माले ५ विकेट लिएका थिए।
यो यस सिजनमा राजस्थानको सातौं जित हो। ८ खेलमा ७ जित र एक हार ब्यहोरेको राजस्थानको १४ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ।
त्यसैगरी मुम्बईको भने यो यस सिजनमा पाँचौं हार हो। ८ खेलमा ३ खेल जितेको मुम्बईले योसहित पाँच खेल हारेको छ र ६ अंकसहित सातौं स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment