राजबल्लभको कमब्याक र दिलीपकी छोरी दिव्याको डेब्यु फिल्म ‘एक्टर’को शुभ मुहूर्त

डिसी नेपाल
११ वैशाख २०८१ १३:४७
920
Shares

काठमाडौं। फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो।

फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए।

अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेब्यु गर्दैछिन्। फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ ।  यही बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कमब्याक गर्न लागेका छन्।

राजन भुसालले फिल्मको निर्देशन गर्दै छन् भने फिल्मका निर्माता थमन कुमार भण्डारी हुन्। फिल्मलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *