साँखुमा बज्रयोगिनी जात्रा सुरु (तस्वीर)

सिमोन पौडेल
११ वैशाख २०८१ १७:४९
84
Shares

काठमाडाैं। साँखुमा बज्रयोगिनी जात्रा मंगलबार सुरु भएकाे छ।  आठ दिनसम्म मनाइने यो जात्रा हरेक बर्ष चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्छ।

साँखु बस्तीबाट २ किलोमीटर माथि रहेको बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनी देउतालाई ठूलो ३६ जनाले बोक्ने खाटमा राखेर, भर्‍याङ ओह्रालेर साँखु बस्तीमा ल्याइ ८ दिनसम्म भिभिन्न स्थानमा परिक्रमा गराउने र फिर्ता लगेर मन्दिरमा पुनस्थापना गर्ने चलन रहेको छ।

बज्रयोगिनीको मूर्तिसँगै स्वयम्भु चैत्य, सिंहमुखी, बाघमुखी मूर्तिलाई पनि खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *