चेन्नईविरुद्ध लखनउको उत्कृष्ट जित

डिसी नेपाल
१२ वैशाख २०८१ ७:५१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । लखनउले चेन्नई सुपर किंग्सविरुद्ध ६ विकेटको जित निकालेको छ।

एमए चिदम्बरम स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २११ रनको लक्ष्य लखनउले ३ बल बाँकी हुँदा चार विकेटको क्षतिमा २१३ रन बनाएर पूरा गरेको हो।

लखनउको जितका लागि मार्कस स्टोनिसले नटआउट शतकीय पारी खेले। उनले ६३ बलको सामना गर्दा १३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक १२४ रन बनाएका हुन्। लखनउका लागि निकोलस पुरन ३४, कप्तान केएल राहुल १६ र देवदत्त पडिक्कल १३ रनम आउट हुँदा दीपक हुड्डा १७ रनमा नटआउट रहे।

चेन्नईका माथिशा पाथिरानाले दुई विकेट हात पार्दा दीपक चाहर र मुस्तिफिजुर रहमानले एकएक विकेट मात्र लिए।त्यसअघि ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ‌ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो। लाखनउविरुद्ध चेन्नईका कप्तान ऋतुराज गायकवाडले बनाएको शतक खेर गयो।

उनले नटआउट सर्वाधिक १०८ रन बनाएका थिए। ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गर्दै यो सिजनकै शानदार प्रदर्शन गरेका थिए। त्यस्तै चेन्नईका लागि शिवम दुबे ६६, रविन्द्र जडेजा १७ र डेरिल मिचेल ११ रनमा आउट हुँदा एक बल खेलेका महेन्द्रसिंह धोनी ४ रनमा नटआउट रहे।

चेन्नईलाई सस्तैमा समेट्न लखनउका लागि म्याट हेनरी, मोहसिन खान र यस ठाकुरले एकएक विकेट हात पारे। जितसँगै लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। आठ खेल खेल्दा उसले १० अंक जोडेको छ। साविक विजेता चेन्नाई भने समान खेलमा ८ अंक जोड्दै पाँचौं स्थानमा झरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *