आफ्नो महिनावारीको रगत बेच्दै युवती

डिसी नेपाल
१२ वैशाख २०८१ १२:२७

काठमाडौं । यी युवती पेशाले मोडल हुन् । उनले आफ्नो छालाको हेरचाहको लागि महिनावारीको रगत पनि प्रयोग गर्ने गरेको बताउँछिन् । उनले यसलाई फेस मास्कको रूपमा प्रयोग गर्छिन्। उनले सामाजिक सञ्जालमा यो खुलासा गरेकी हुन् ।

२२ वर्षकी मोडलले सामाजिक सञ्जाल टिकटकको एकाउन्टमा यसबारे पोस्ट गरेकी छिन् । उनले आफ्नो छालालाई राम्रो बनाउन सबै काम गर्ने बताइन् । उनले भनिन्, ‘सधैं सुन्दर र स्वस्थ देखिन कसलाई मन हुँदैन र ? म यस्तै छु र धेरै मान्छेहरु पनि यस्तै छन् भन्ने विश्वास गर्छु । फरक यो हो कि म केहि फरक तरिकाहरू प्रयोग गर्दछु।’

डेली स्टारको रिपोर्ट अनुसार जेहलीले आफ्नो महिनावारीको रगत फेस मास्कका लागि प्रयोग गर्छिन् । यसबाट वातावरण जोगाउन सकिने र वातावरणमैत्री पनि हुने उनले बताइन् ।

उनी भन्छिन्, ‘मलाई प्लाष्टिक प्रयोग गर्नु पर्दैन । म कुनै पनि कुरा खेर जान दिन्न। म त्यस्तो मान्छे हुँ जसले मेरो शरीरबाट प्राप्त चीजहरूद्वारा आफ्नो हेरचाह गर्छु।’

उनले आफ्नो महिनावारीको रगत बेच्नका लागि संकलन गरिरहेको बताइन् । टिकटकमा उनका ५ लाखभन्दा बढी फलोअर्स छन् । जो उनको कुरा सुनेर विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । तर, केही स्वास्थ्यकर्मीले यसलाई गलत भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *