फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार
पोखरा। कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।
अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए।
दुर्घटना लगत्तै नं २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment