आइपीएल २०२४ मा रोचक संयोग : एमएस धोनी कहिल्यै आउट भएनन्, स्ट्राइक रेट २६०

डिसी नेपाल
१२ वैशाख २०८१ १४:३०

काठमाडौं । इण्डियन प्रिमियर लिग २०२४ मा चेन्नइ सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी अहिलेसम्म कुनै पनि खेलमा आउट भएका छैनन् । आइपीएल २०२४ मा चेन्नइ सुपर किंग्सले अहिलेसम्म ८ खेल खेलेको छ ।

चेन्नइले अहिलेसम्म खेलेका ८ खेलमध्ये धोनीले ६ खेलमा ब्याटिङ गरेका छन् । २ खेलमा भने उनी ब्याटिङ गर्न क्रिजमा गएनन् । धोनीले ब्याटिङ गर्न गएका यी ६ खेलमा उनी सबै इनिङमा नटआउट रहेका छन् ।

यी ६ इनिङमा धोनीले कूल ३५ बल खेलेका छन् । र, उनले ९१ रन बनाएका छन् । यस क्रममा उनले ८ चौका र ८ छक्का हानेका छन् । आइपिएल २०२४ मा धोनीले २६० को स्ट्राइक रेटमा रन बनाएका छन् ।

२०२४ को सिजनमा चेन्नइले पहिलो खेल रोयल च्यालेज्नर्स बैंगलोरसँग खेलेको थियो । यो खेलमा धोनीले ब्याटिङ गरेनन् । गुजरात टाइटन्ससँग खेलिएको दोस्रो खेलमा पनि धोनीले ब्याटिङ गरेनन् ।

चेन्नइको तेस्रो खेल दिल्ली क्यापिटल्सविरुद्ध थियो । यो खेलमा धोनीले १६ बलमा ३७ रन बनाएर नटआउट रहे । चौथो खेलमा सनराइजर्स हैदराबादविरुद्ध २ बलमा १ रन बनाएर नटआउट रहे ।

चेन्नइले पाँचौं खेल कोलकाता नाइटराइडर्सविरुद्ध खेल्यो । यो खेलमा धोनीले ३ बलमा १ रन बनाएर नटआउट रहे । छैटौं खेलमा चेन्नइ मुम्बइ इण्डियन्ससँग भिड्दा धोनीले ४ बलमा २० रन बनाएर नटआउट रहे ।

सातौं खेलमा चेन्नइले लखनउ सुपरजाइन्ट्सको सामना गरेको थियो । यो खेलमा धोनी ९ बलमा २८ रन बनाएर नटआउट रहे । यस्तै आठौं खेल पनि चेन्नइले लखनउसँग नै खेल्यो । यो खेलमा धोनीले १ बलमा ४ रन बनाएर नटआउट रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *