चीनमा हुने थ्री बाइ थ्री बास्केटबलमा सहभागी खेलाडीको बिदाई
काठमाडौं। नेपालले चीनको युननानमा हुने बोर्डर सिङफु स्पोर्ट्स कार्निभलअन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा खेलमा सहभागिता जनाउने भएको छ।
सो प्रतियोगीतामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन्।
सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जनले भाग लिदै छन्। त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुशिल गुरुङ पनि जादै छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment