सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

डिसी नेपाल
१३ वैशाख २०८१ १३:१४

काठमाडौं। सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ। उनको वकिलले यसको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ।

२०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । सालेहीका वकिलले सजायविरुद्ध अपील गर्ने बताएका छन्। यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए। त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेका थिए । जुलाई २०२३ मा उनलाई छ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो।

तर यस वर्षको जनवरीमा, इस्फाहानको क्रान्तिकारी अदालतले सालेही विरुद्ध नयाँ आरोप लगाएको उनका वकिलले बताए।

अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध अपप्रचार र दंगा भड्काउनेलगायतका कैयौं अभियोगमा दोषी ठहर गरेको छ। अब उनीसँग यस मृत्युदण्डको सजायविरुद्ध अपील गर्न २० दिनको समय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *