आइपिएलमा आज दुई खेल हुँदै

डिसी नेपाल
१६ वैशाख २०८१ ८:४४

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३स् ३४ बजेदेखि हुँदैछ ।

जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ९ खेलमा ४ जित हासिल गरेकोछ भने ५ खेलमा हार बेहोरेको छ । ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

त्यसैगरी बैंगलुरुले ९ खेलमा २ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । केवल ४ अंक हासिल गरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ ।

त्यसैगरी आज दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा चेन्नईले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ । ८ अंक रहेको चेन्नई अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ र १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *