इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

डिसी नेपाल
१६ वैशाख २०८१ ९:२८

काठमाडौं– इलाम–२ मा उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र सर्वदलीय बैठक जारी रहेको छ । बैठकले मतगणनाका बारेमा मापदण्ड तय गर्नेछ ।

सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु हुने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।  इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *