शाहिन शाह अफ्रिदीले इतिहास रच्दै पाकिस्तानलाई न्यूजिल्याण्डसँग लज्जास्पद हारबाट बचाए

डिसी नेपाल
१६ वैशाख २०८१ ११:०६

काठमाडौं । फास्ट बलर शाहिन शाह अफ्रिदीको उत्कृष्ट बलिङका कारण पाकिस्तानले पाँच खेलको टी–२० सिरिजको अन्तिम खेलमा न्युजिल्याण्डलाई ९ रनले पराजित गरेको छ ।

शाहिन अफ्रिदीले चार ओभरमा ३० रन खर्चेर चार विकेट लिए । योसँगै शाहिन अफ्रिदी टी–२० क्रिकेटमा पहिलो ओभरमा ५० विकेट लिने पहिलो बलर बनेका छन् ।

सिरिजको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

कप्तान बाबर आजमले ६९ रन र फखर जमानले ४३ रनको इनिङ खेले । यो लक्ष्यको जवाफमा न्यूजिल्याण्डको इनिङ्स १९.२ ओभरमा १६९ रनमा समेटिएको थियो ।

पाँच खेलको सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । दोस्रो खेलमा पाकिस्तान विजयी भएको थियो । तर तेस्रो र चौथो खेल जितेर न्युजिल्यान्डले सिरिजमा २–१ को अग्रता लिएको थियो ।

अधिकांश सिनियर खेलाडीको अनुपस्थितिमा न्यूजिल्याण्डको टोलीले पाकिस्तान भ्रमण गरेको छ । अन्तिम खेलसम्म पाकिस्तानले सिरिज गुमाउने खतरामा थियो ।

तर, अन्तिम खेलमा पाकिस्तानले जित निकाल्दै शृंखला २–२ को बराबरीमा टुंग्यायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *