इराकी टिकटक स्टार फहादको गोली हानि हत्या

डिसी नेपाल
१६ वैशाख २०८१ ११:३६
324
Shares

काठमाडौं। उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानि हत्या गरिएको छ। उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानि हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ।

हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेको थियो। भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ।

इराकका आन्तरिक मन्त्रीले अज्ञात आक्रमणकारीहरूले सामाजिक सञ्जालमा परिचित महिलाको हत्या गरेको जानकारी दिँदै विशेष कार्य टोली गठन गरेको जानकारी दिएका छन्।

फाहद टिकटकमा निकै लोकप्रिय रहेकी थिइन्। टिकटकमा उनले आफैंलाई फिटिङ कपडामा पप संगीतमा नाच्ने भिडियोहरू साझा गर्ने गर्दथिन्। उनलाई इराकको अदालतले अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लंघन गर्ने धेरै फिल्म र भिडियोहरू निर्माण र प्रकाशन गरेको आरोप लगाउँदै छ महिनाको जेल सजाय सुनाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *