सिधाकुरा विरुद्धको अवहेलना मुद्दा न्यायाधीशहरु सुवेदी र ढुंगानाको इजलासको पहिलो नम्बरमा

डिसी नेपाल
१७ वैशाख २०८१ ११:१६

काठमाडौं । सिधाकुरा अनलाइनले ‘द डार्क फाइल’ नामबाट प्रसारण गरेको सामग्रीले अदालतको अवहेलना गरेको र न्याय सम्पादनमा असर गरेको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीशहरु डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलाशमा हुँदैछ ।

आज यो मुद्दाको सुनुवाइ इजलासको पहिलो नम्बरमा परेको छ । सिधाकुरा डटकमले प्रकाशन गरेको सामग्रीविरुद्ध सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले तयार गरेको प्रतिवेदनका आधारमा ‘सो–मोटो’ लिएर मुद्दा दायर गरिएको हो । सिधाकुराको सामग्रीमा अदालत, न्यायाधीशहरु र ठूला मिडिया हाउसका मालिकहरुमाथि गम्भीर प्रकृतिको आरोप लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *