म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
म्याग्दी। म्याग्दीका लेकाली क्षेत्रका वनजंगलमा ढकायो टिप्न थालिएको छ। तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ।
जिल्लाको कुइनेमंगले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जा लगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन्।
रघुगंगा गाउँपालिका– ८ कुइनेमंगलेका जीवन छन्त्यालले अहिले लेकाली क्षेत्रका जंगलहरूमा ढकायो टिप्ने चटारो बढेको बताए। एकप्रकारको जंगली साग ढकायोका पात र डाँठलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिएका उनले बताए।
त्यसलाई गुन्द्रक बनाएर बेमौसममा समेत उपभोग गनेृ गरिन्छ । सो गुन्द्रक उपहारका रुपमा देशका विभिन्न भूभाग र विदेशमा समेत लैजाने चलन रहेको कुइनेमंगलेका नरे छन्त्यालले जानकारी दिए। वैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायोसँगै निउरो, वनलसुन, वनधनिया, टुसा, च्याउसमेत संकलन गर्ने गरिएको उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment