रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

डिसी नेपाल
१९ वैशाख २०८१ ७:१७

काठमाडौं। युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन्।

बायर्नको घरेलु मैदानमा गएराति सम्पन्न खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरी खेलेका हुन्।

खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २-१ को अग्रता लिएको थियो। बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक एक गोल गरेका थिए।

त्यसपछि खेलको ८३औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । रियलका लागि भिनिसियसले नै दोस्रो गोल गरेका थिए।

अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ९ मा हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *