हुम्लाको नाम्खा गाउँपालिकालाई तिब्बत सरकारको खाद्य सहयोग
हुम्ला। जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ ।
तिब्बत सरकारले अनुदानस्वरुप एक हजार क्विन्टल चामल तथा सोही परिमाणमा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए।
प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उनले सोलार प्यानल वडाका विद्यालयमा जडान गरिने बताए। तिब्बतबाट प्राप्त सहयोग हिल्सा नाकामा आइपुगेको र ती सामग्री शीघ्र गाउँ ल्याइने उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment