साँखुमा बज्रयोगिनी जात्रा (तस्वीर)

सिमोन पौडेल
१९ वैशाख २०८१ १२:४१

काठमाडाैं। साँखुमा बज्रयोगिनी जात्रा सम्पन्न भएकाे छ। आठ दिनसम्म मनाइने यो जात्रा हरेक बर्ष चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्छ।

साँखु बस्तीबाट २ किलोमीटर माथि रहेको बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनी देउतालाई ठूलो ३६ जनाले बोक्ने खाटमा राखेर, भर्‍याङ ओह्रालेर साँखु बस्तीमा ल्याइ ८ दिनसम्म भिभिन्न स्थानमा परिक्रमा गराउने र फिर्ता लगेर मन्दिरमा पुनस्थापना गर्ने चलन रहेको छ।

बज्रयोगिनीको मूर्तिसँगै स्वयम्भु चैत्य, सिंहमुखी, बाघमुखी मूर्तिलाई पनि खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *