८६ बर्षिया ज्योती कोइरालाको गीति संग्रह‘ज्योतीको संगालो’बिमोचन
काठमाडौं। जीवनमा केही काम गर्न चाहियो भने उमेर छेक्दैन भन्ने कुरा ८६ बर्षिया ज्योती कोइरालाले पुष्टि गरेकी छिन्। ८६ बर्षको उमेरमा ज्योती कोइरालाले आफ्नो पहिलो सिर्जना गीतिसंग्रह‘ज्योतीको संगालो’लिएर आएकी छिन्।
आज(बुधबार) काठमाडौमा आयोजित एक कार्यक्रमबीच मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र लोकगायक बम बहादुर कार्कीले गीति सग्रहको बिमोचन गरेका हुन्।
पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको छ वटा गीतहरु रहेको‘ज्योतीको संगालो’मा दीपक शर्माको एकल संगीत रहेको छ। बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति संग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ।

कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारेमा प्रस्ट पार्दै ७ दशक अघीको परिवेशलाई यसमा समेटिएको बताए। कोइराला दम्पतीबाट बाल अस्पताल निर्माणका लागि डा. भगवान कोइरालालाई २५ लाख रूपैयाँ सहयोग रकम पनि हस्तान्तरण गरियो।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सर्जकका पति ठाकुर प्रसाद कोइरालाले ज्योती कोइरालाले बिहान बेलुका गुनगुनाउने गरेको पाएको र सो बारेमा कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिँदै गीति संग्रह निकालिएको बताए।
त्यस्तै लोक गायक बम बहादुर कार्कीले ‘ज्योतीको संगालो’मा तिज भाकाका पुराना गीतहरु संग्रहित रहेको र उनी जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment