क्यानडामा विदेशी विद्यार्थीले हप्तामा २४ घण्टा मात्र क्याम्पस बाहिर काम गर्न पाउने
काठमाडौं । क्यानडा सरकारले अन्य देशबाट आउने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ नियम ल्याएको छ । यो नियमअनुसार अब अन्तर्राष्ट्रिय विद्यार्थीले कलेज क्याम्पस बाहिर हप्ताको २४ घण्टा काम गर्न पाउनेछन् ।
यो नियम यसै वर्षको सेप्टेम्बरदेखि लागु हुने भएको छ । यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई २० घण्टाभन्दा बढी क्याम्पस बाहिर काम गर्न अनुमति दिइएको थियो। तर यो अस्थायी नीति अप्रिल ३०, २०२४ पछि खारेज हुनेछ।
अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्री मार्क मिलरले सञ्चारमाध्यमलाई भने, “हामी विद्यार्थीहरूले क्याम्पस बाहिर काम गर्न सक्ने सीमालाई साताको २४ घण्टामा परिवर्तन गर्न चाहन्छौं। सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दिनको २४ घण्टा मात्रै क्याम्पसबाहिर काम गर्न दिइनेछ।”
उनले अगाडि भने “क्यानडामा आउने विद्यार्थीहरूले यहाँ अध्ययन गर्न आउनै पर्छ, यसरी विद्यार्थीहरूलाई हप्तामा २४ घण्टा काम गर्न अनुमति दिँदा उनीहरूले मुख्य रूपमा आफ्नो पढाइमा ध्यान केन्द्रित गर्ने कुरा सुनिश्चित गर्नेछ। साथै, उनीहरूसँग आवश्यक भएमा काम गर्ने विकल्प हुनेछ।”
वास्तवमा, प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीको नेतृत्वमा रहेको सरकारले कोभिड-१९ महामारीको बेला देशको श्रम अभावलाई कम गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि काम गर्ने घण्टाको सीमालाई अस्थायी रूपमा हटाएको थियो। यो छुट मंगलबार सकिँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment