चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

डिसी नेपाल
२० वैशाख २०८१ ७:४२

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

यसअघि चेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो।

यो यस सिजनमा पञ्जावको चौथो जित हो। १० खेलमा ४ जित र ६ हारसहित पञ्जाव ८ अंक हासिल गरेर सातौं स्थानमा रहेको छ। त्यसैगरी चेन्नईको भने यो यस सिजनमा पाँचौं हार हो । १० खेलमा ५ जित र ५ हार बेहोरेको चेन्नई १० अंकसहित चौथो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *