अपांगता भएका व्यक्तिहरुको शान्तिबाटिकामा धर्ना
काठमाडौं। अपांगता भएका व्यक्तिहरुले विभिन्न माग राख्दै राजधानीको शान्तिबाटिकामा धर्ना सुरु गरेका छन्।
तनहुँ निवासी दीपक भण्डारी लगायत अपांगता भएका व्यक्तिहरुले अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी नियमावली २०६६ को नियम ९ मा उल्लेखित भएका सामुदायिक सहायता सेवाको कार्यान्वयनको माग राख्दै धर्ना सुरु गरेका हुन्।

अपांगता भएका व्यक्तिहरुले सुरु गरेको धर्ना तथा आन्दोलन पछि आन्दोलनकारीको तर्फबाट दीपक भण्डारी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग मिति २०८० चैत्र १४ गते गरेको सम्झौता हालसम्म पनी कार्यान्वयन नभएको अटिजम केयर नेपाल सोसाइटी हरिसिद्धिका संचालक समिति सदस्य गोपाल सिंहले जानकारी दिए।
उक्त सम्झौता कार्यान्वयन नभएकाले पटकपटक धर्ना तथा आन्दोलनमा बस्नु परेको उनले बताए। शीघ्र कार्यान्वयन गर्न सम्बन्धित निकायसँग जोडदार माग रहेको सिंहले बताए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment