भेलुबाजेको निधन

डिसी नेपाल
२१ वैशाख २०८१ ६:०९
156
Shares

काठमाडाैं। सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

उनको बिहीबार प्यूठान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताललाई उधृत गर्दै प्युठान प्रहरीले जानकारी दिएको छ।

अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई केही समय पहिले मात्रै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर लगिएको थियो। उपचारपछि स्वस्थ्यमा सुधार देखिएको थियो। पछिल्लो समय सामान्य भएपनि पुनः बिरामी परेपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

उनकी श्रीमतीको पनि केही समय पहिले मृत्यु भएको थियो। भेलु बाजेलाई आफन्तले दिउँसो साढे १ बजे अस्पताल पुर्‍याएका थिए। बिहीबार बेलुका ७ः ४० बजे उनको मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *