सप्तरीको महादेवाका अग्निपीडितलाई राहत सामग्री प्रदान

डिसी नेपाल
२२ वैशाख २०८१ १०:२७
124
Shares

सप्तरी। आगलागीबाट घर नष्ट भएका महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न संघसंस्थाले राहत सामग्री प्रदान गरेका छन् ।

नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो।

नेपाल–भारतमैत्री संघले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुंगी, साडी, तन्ना, झुल, प्रदान गरेको छ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ । गत मंगलबार महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *