बर्नमाउथमाथि आर्सनल ३-० ले विजयी
काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ।
शनिबार सम्पन्न खेलमा आर्सनलले बर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा बुकायो साका, लीन्द्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरे। यो जितपछि आर्सनल यस सिजनको लिग जितको दौडमा सबैभन्दा अगाडी रहेको छ।
आर्सनलको ३६ खेलमा ८३ अंक भएको छ। त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक रहेको छ।
त्यस्तै बर्नमाउथको ३६ खेलमा ४८ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment