काडिजमाथि रियल म्याड्रिड ३-० ले विजयी

डिसी नेपाल
२३ वैशाख २०८१ ६:५९

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि सहज जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले ३-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, जुडे बेलिङघम र जोसेलुले एक एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। र अब लिगको यस सिजनको उपाधि जितको नजिक पुगेको छ।

त्यस्तै काडिजको ३४ खेलमा २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *