सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ

डिसी नेपाल
२५ वैशाख २०८१ ११:३४
464
Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ठमेलस्थित होटल भियनामा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको छ।

हुन्डी कारोबारको आशंकामा ठमेलस्थित अमला रोकाले सञ्चालन गरेको होटलमा सिआइबीले छापा मारेको हो। रोका ६१ किलो सुन तस्करीका मुख्य योजनाकारको आरोपमा थुनामा रहेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। रोका आफैं पनि यस प्रकरणमा फरार छिन्।

सिआइबी प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरेका छन् । ‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो।हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने।

सो होटलमा विगतमा सुन तस्करीको अनुसन्धानको क्रममा राजश्व अनुसन्धान विभागले पनि छापा मारेका थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *